त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न महिलातर्फको फाइनलमा एपीएफले आर्मीलाई २४–२० अंक अन्तरले हरायो ।
काठमाडौँ — विभागीय दुई टोली एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले शुक्रबार २१ औं महिला तथा २५ औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि जितेका छन् । महिलातर्फ एपीएफ र पुरुषतर्फ आर्मी च्याम्पियन भएका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न महिलातर्फको फाइनलमा एपीएफले आर्मीलाई २४–२० अंक अन्तरले हरायो ।
पुरुषको फाइनलमा आर्मीले एपीएफलाई पेनाल्टीमा ६–५ अंकले पराजित गर्यो । निर्धारित समय ३८–३८ अंकमा सकिएको थियो ।
महिलातर्फ एपीएफकी रविना चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् । पुरुषतर्फ भने आर्मीका गणेश पार्की उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई गृहमन्त्री ओमप्रकाश अर्याल र राखेपका सदस्यसचिव राम चरित्र मेहता, आयोजक अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापालगायतले पुरस्कार प्रदान गरे ।