यलम्बर कपमा सञ्जय र अनिलको जोडी सफल

नखिपोट युथ क्लबको आयोजना र नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भइरहेको प्रतियोगितामा सञ्जय र अनिलको जोडीले एनवाइसीका चन्द्र लिम्बू र तुल्सी पुनको जोडीलाई २१–८, २१–१९ को सोझो सेटमा हरायो ।

माघ १५, २०८२

कान्तिपुर संवाददाता

Sanjay and Anil's pair succeeds in the Yalamber Cup

काठमाडौँ — पीएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडी चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टनको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा बिहीबार प्रिक्वाटरफाइनल पुगेको छ ।

नखिपोट युथ क्लबको आयोजना र नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भइरहेको प्रतियोगितामा सञ्जय र अनिलको जोडीले एनवाइसीका चन्द्र लिम्बू र तुल्सी पुनको जोडीलाई २१–८, २१–१९ को सोझो सेटमा हरायो ।

सोही विधामा एनपीएस भक्तपुरका असिम खड्का र सुरेन्द्र लामा, कास्कीका डोलराज आले र देव गुरुङ, वाईसीबीसीका जीवन गुरुङ र मधु गुरुङ, बालकुमारीका शान्ता डंगोल र ज्ञानु कुमाल, डम्बर लामा र लोक लामा, युनिटीका आकाश छन्त्याल र आङकुसाङ शेर्पा, एपीएफका खुशु बुढाथोकी र चेतसिंह थापा, एनवाईसीका दिनेश राई र सौरभ राणा तथा सामाखुशीका टीका थापामगर र हीरा रोकाको जोडीले प्रिक्वाटरफाइनलमा स्थान बनाएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully