लिभरपुल, सिटी र बार्सिलोना सिधै अन्तिम १६ मा

डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल म्याड्रिड भने शीर्ष आठमा रहन असफल रहे ।

माघ १५, २०८२

कान्तिपुर संवाददाता

Liverpool, City and Barcelona go straight to the last 16

काठमाडौँ — लिभरपुल, म्यानचेस्टर सिटी र बार्सिलोनाले बुधबार युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा सिधै प्रवेश पाएका छन् ।

डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल म्याड्रिड भने शीर्ष आठमा रहन असफल रहे ।

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले कोराबागलाई एनफिल्डमा भएको खेलमा ६–० ले हरायो र ३६ टिम सम्मिलित प्रतियोगिताको तेस्रो स्थानमा रह्यो । शीर्ष दुईमा रहेका आर्सनल र बायर्न म्युनिक यसअघि नै अन्तिम १६ मा पुगिसकेका छन् ।

यस्तै टोटनहम, बार्सिलोना, चेल्सी, स्पोर्टिङ लिस्वन र सिटी शीर्ष आठमा रहे । बार्सिलोनाले कोपनहेगनलाई ४–१, टोटनहमले फ्रायन्कफर्टलाई २–०, सिटीले गालातासारेलाई २–०, चेल्सीले नेपोलीलाई ३–२ र लिस्वनले एथलेटिको बिलबाओलाई ३–२ ले हरायो ।

रियल भने बेनफिकासँग ४–२ ले पराजित रह्यो भने पीएसजीले न्युकासल युनाइटेडसँग १–१ को बराबरी खेले । यस्तै आर्सनलले किराट आल्मातीलाई ३–२ र बायर्नले आयनहोभनलाई २–१ ले हरायो ।

कान्तिपुर

Link copied successfully