दृश्य गुरुङको १० स्कोरमा भ्यालीले आयोजक केभीकेएसएस ‘ए’ २३–१४ स्कोरले पराजित गर्यो । भ्यालीकी सोनी तामाङ प्लेयर अफ द म्याच घोषित भइन् ।
काठमाडौँ — भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी –ईबीए) पाँचौं केभीकेएसएस अन्तरविद्यालय छात्रा बास्केटबल प्रतियोगितामा फाइनल पुगेका छन् ।
दृश्य गुरुङको १० स्कोरमा भ्यालीले आयोजक केभीकेएसएस ‘ए’ २३–१४ स्कोरले पराजित गर्यो । भ्यालीकी सोनी तामाङ प्लेयर अफ द म्याच घोषित भइन् ।
ईबीएले ल्यान्डमार्क एकेडेमीलाई १९–११ ले हरायो । ईबीएकी मेनुका मगरले ८ स्कोर जोडिन् । ईबीएकी अनामिका पटेल प्लेयर अफ द म्याच भइन् । फाइनल शुक्रबार हुनेछ ।
भ्याली पब्लिकलाई अर्को सफलता
त्यस्तै भ्याली पब्लिक सिमोन स्मृति दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गर्ल्सतर्फ पनि फाइनल पुगेको छ ।
भ्याली पब्लिकले फेरिल्यान्ड ‘बी’ लाई १८–१५ ले हराउँदा भ्यालीकी सोनी तामाङले ५ स्कोर गरिन् । भ्यालीले अब आयोजक फेरिल्यान्ड स्कुल ‘ए’ विरुद्ध फाइनल खेल्नेछ ।
डिफेन्डिङ च्याम्पियन फेरिल्यान्ड ‘ए’ ले न्युटनलाई २२–१६ स्कोरले हरायो । विजेताकी करुणा बोगटीले ८ स्कोर जोडिन् ।
जुनियर ब्वाइजमा जेबी स्कुल र एन्जल्स हार्ट उपाधिका लागि भिड्ने छन् । जेबीले फेरिल्यान्डलाई १९–१६ ले हरायो । जेबीका आरोन कार्कीले ५ स्कोर गरे । एन्जल्स हार्टले ज्ञानभूमिको चुनौती २०–१५ ले पन्छाउँदा एन्जल्सका अश्विन जुग्जालीले ५ स्कोर गरे ।
