टोखास्थित घरेलु कोर्टमा केभीकेएसएस ‘ए’ आफ्नै ‘सी’ टोलीलाई २६–१२ ले पराजित गर्यो । विजेताकी रोसी श्रेष्ठले १२ स्कोर गरिन् ।
काठमाडौँ — आयोजक केभीकेएसएस ‘ए’ र ल्यान्डमार्क एकेडेमी बुधबार पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताकोसेमिफाइनलमा पुगेका छन् ।
टोखास्थित घरेलु कोर्टमा केभीकेएसएस ‘ए’ आफ्नै ‘सी’ टोलीलाई २६–१२ ले पराजित गर्यो । विजेताकी रोसी श्रेष्ठले १२ स्कोर गरिन् ।
अर्को क्वाटरफाइनलमा ल्यान्डमार्कले ह्वाइट हेभेनलाई १५–६ ले हरायो । ल्यान्डमार्ककी अञ्जली राईले ६ स्कोर जोडिन् । सेमिफाइनल पुग्ने बाँकी दुई टोलीको टुंगो बिहीबार लाग्ने छ । भ्याली पब्लिक र राई स्कुल तथा इडेन ब्रिज एकेडेमी र तेजस्वी एकेडेमीबीच हुने क्वाटरफाइनल नतिजाले सेमिफाइनल समीकरण तयार गर्नेछ ।