इनाछोपासाले पहिला ब्याटिड गर्दै ५० ओभरमा ३४५ रन को विशाल योगफल बनाएको थियो ।
काठमाडौँ — इनाछोपासा क्रिकेट क्लबले भक्तपुर जिल्ला छनोटअन्तर्गत पुरुष प्रधानमन्त्री कपमा भक्तपुर क्रिकेट एक्सिलन्स सेन्टर (सीईसी) लाई प्रभावशाली प्रदर्शनसहित १ सय ७७ रनले पराजित गरेको छ ।
इनाछोपासाले पहिला ब्याटिड गर्दै ५० ओभरमा ३४५ रन को विशाल योगफल बनाएको थियो । रिङगिजिनले १ सय १९ बलमा १ सय ४८ रन को उत्कृष्ट शतकीय इनिङ्स खेले। उनले आक्रमक ब्याटिङ गर्दै टोलीलाई मजबुती दिए। त्यस्तै, सुभाषले ६० तथा आकर्ष कुमारले २६ रन बनाए। भक्तपुरका शिवम र संगमले ३-३ विकेट लिए।
जवाफमा भक्तपुर २७.४ ओभरमा १ सय ६८ रनमा अलआउट भयो । शिवमले ३५ बलमा ५६ रन बनाउँदै सबैभन्दा उच्च स्कोर गरे। संगमले २१ र मनीषले १५ रन जोड्दै टिमलाई सहयोग गरे। इनाछोपासाका प्रवणज्य र सुमनले ३-३ अभिनाशले २ विकेट लिए ।
