त्रिवेणीमा अध्यक्ष रनिङ शिल्ड सुरु 

रनिङ शिल्ड प्रतियोगितामा २८ सामुदायिक र चार संस्थागत गरी ३२ विद्यालय सहभागी भएको गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले बताए ।

माघ १४, २०८२

विप्लव महर्जन

सल्यान — जिल्लाको त्रिवेणी गाउँपालिकामा सातौं अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ वडा नं ३ रिखेबगरस्थित खेल मैदानमा बुधबारबाट अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

तीन दिनसम्म संचालन हुने रनिङ शिल्ड प्रतियोगिताको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले उद्घाटन गरे । 

रनिङ शिल्ड प्रतियोगितामा २८ सामुदायिक र चार संस्थागत गरी ३२ विद्यालय सहभागी भएको गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले बताए । प्रावि, आधारभूत र माविका गरी छुट्टाछुट्टै ५३ वटा विभिन्न खेलमा  ७ सय ४४ विद्यार्थीले भाग लिने उनले जानकारी गराए । 

उनका अनुसार रनिङ शिल्ड प्रतियोगितामा खुला पुरुष र महिला भलिबल पनि समावेश गरिएको छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully