सुनमायाको स्कोरमा भ्याली पब्लिकको जित

सुनमाया तामाङले ११ स्कोर गरेपछि भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३३–२२ ले पराजित गर्‍यो । दोहोरो जित निकालेको ह्वाइट हेभेनले राई स्कुललाई १३–८ र आयोजक केभीकेएसएस ‘बी’ लाई १०–५ ले हरायो । विजेताकी प्रविना तामाङले क्रमशः १२ र ६ स्कोर जोडिन् ।

माघ १३, २०८२

कान्तिपुर संवाददाता

Valley Public wins on Sunmaya's score

काठमाडौँ — भ्याली पब्लिक र ह्वाइट हेभेन पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा विजयी भएका छन् ।

सुनमाया तामाङले ११ स्कोर गरेपछि भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३३–२२ ले पराजित गर्‍यो । दोहोरो जित निकालेको ह्वाइट हेभेनले राई स्कुललाई १३–८ र आयोजक केभीकेएसएस ‘बी’ लाई १०–५ ले हरायो । विजेताकी प्रविना तामाङले क्रमशः १२ र ६ स्कोर जोडिन् ।

बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले पारामाउन्ट एकेडेमीलाई ३०–१६, ल्यान्डमार्क एकेडेमीले हिमशिलालाई १६–१४, इडेन ब्रिज एकेडेमी (ईबीए) ले काठमाडौं युरोलाई २६–१४, राई स्कुलले ज्ञानोदयलाई १४–१० र केभीकेएसएस ‘सी’ ले जेबी स्कुललाई २६–२१ ले हराए ।

बीएनएकी पूर्णिमा नेपालीले १२, ल्यान्डमार्ककी अञ्जली राईले ९, ईबीएकी मेनुका मगरले ९, राईकी डिछेन शेर्पाले ६ र केभीकेएसएस ‘सी’ की चेलिसा गुरुङले १४ स्कोर गरे ।

कान्तिपुर

Link copied successfully