सातदोबाटोमा भएको खेलमा दुवै टिमले केही आक्रमण बुने पनि ती निर्णायक हुन सकेनन् ।
काठमाडौँ — लालीगुराँस र आर्मीले मंगलबार राष्ट्रिय लिग-२०८२ मा गोलरहित बराबरी खेलेका छन् । सातदोबाटोमा भएको खेलमा दुवै टिमले केही आक्रमण बुने पनि ती निर्णायक हुन सकेनन् ।
यो नतिजाले लालीगुराँसको लगातार जित यात्रा टुंगेको छ । तर प्रभावशाली प्रदर्शन गरिरहेको पोखरेली टिमको अपराजित यात्रा भने चौथो खेल पुगेको छ र उसको १० अंक भएको छ । यससँगै लालीगुराँस शीर्ष स्थानमा पनि रह्यो ।
आर्मी पनि अपराजित रहे पनि चार खेलबाट ८ अंक मात्र भएको छ । त्यसैले यो नतिजा उसका लागि घाटाको प्रदर्शन रहनेछ ।
