लिड्ससँग एभरटनको बराबरी

खेलको ७६ औं मिनेटमा लयमा रहेका थिएर्नो बारीले एभरटनाका लागि बराबरी गोल फर्काए ।

माघ १३, २०८२

कान्तिपुर संवाददाता

Everton draw with Leeds

काठमाडौँ — एरभटनले इंग्लिस प्रिमियर लिगमा सोमबार लिड्स युनाइटेडलाई १–१ को बराबरी रोकेको छ ।

खेलको ७६ औं मिनेटमा लयमा रहेका थिएर्नो बारीले एभरटनाका लागि बराबरी गोल फर्काए ।

त्यस अगाडि लिड्सले जेम्स जस्टिनको गोलले २८ औं मिनेटमा अग्रता लिएको थियो, तर अन्त्यमा त्यसलाई कायम राख्न सकेन् । यस्तोमा दुवै टिमले एक एक अंकमा चित्त बुझाए ।

बारीले पछिल्ला पाँच खेलमा चार गोल गरेका छन् । यो नतिजापछि एभरटन ३३ अंकमा दसौं स्थानमा रह्यो । लिड्स भने २६ अंकमा १६ औं स्थानमा छ र यो रेलिगेसन क्षेत्रबाट छ अंकको दूरी हो ।

कान्तिपुर

Link copied successfully