भिल्लाको ४६ अंक छ भने म्यानचेस्टर सिटी पनि उत्तिकै अंकमा दोस्रो स्थानमा रहेको छ ।
What you should know
लन्डन (एएफपी) — एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा आइतबार न्युकासल युनाइटेडलाई २–० ले पराजित गरेको छ र यससँगै तेस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।
भिल्लाको ४६ अंक छ भने म्यानचेस्टर सिटी पनि उत्तिकै अंकमा दोस्रो स्थानमा रहेको छ । सेन्ट जेम्स पार्कमा भएको खेलमा भिल्लाका लागि एमी बुएन्डीले १९ औं मिनेटमा पहिलो गोल गरेपछि लयमा रहेका ओली वाट्किन्सले ८८ औं मिनेटमा दोस्रो थपे । हारले न्युकासल ३३ अंकमा नवौं स्थानमा रह्यो ।
चेल्सीले अर्को खेलमा दस खेलाडीमा सीमित क्रिस्टल प्यालेसलाई ३–१ ले हरायो । सेलहर्स्ट पार्कमा इस्टेभाओले पहिलो हाफमा गोल गरेपछि जाओ पेड्रो र एन्जो फर्नान्डेजले थप गोल थपे । उतारचढावपूर्ण खेल प्रदर्शन
गरिरहेको प्यालेसका लागि क्रिस रिचर्ड्सले ८८ औं मिनेटमा एक गोल फर्काए । प्यालेसले ७४ औं मिनेटमा रातो कार्डमा एडम वार्टनलाई गुमाएको थियो ।
चेल्सी यो जितपछि ३७ अंकमा चौथो स्थानमा प्रवेश गर्न सफल रह्यो । प्यालेस २८ अंकमा १५ औं स्थानमा छ । यस्तै अर्को खेलमा नटिंघम फरेस्टले ब्रेन्फोर्डमाथि उसकै घरमा २–० को जित रच्यो । त्यसमा इगोर जेसस र टाइवा एवानियीले एक–एक गोल गरे । रेलिगेसनबाट बच्न संघर्षरत फरेस्टको २५ अंक भएको छ र यो १८ औं स्थानमा रहेको वेस्ट ह्याममाथि पाँच अंकको अग्रता हो । शनिबार राति बर्नमाउथले लिभरपुललाई ३–२ ले पराजित गरेको थियो । खेल बराबरीतर्फ अग्रसर भइरहेका बेला आमिन एडिलले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरे । हारले लिभरपुल ३६ अंकमा सीमित
रह्यो र यसले उसको शीर्ष चारको सम्भावनामा धक्का पुगेको छ । त्यस अगाडि सिटीले उल्भ्सलाई २–० ले पराजित गरेको थियो । त्यसमा भने ओमर मारमोस र एन्टोन समेन्योले एक–एक गोल गरे । सिटीको ४६ अंक भएको छ । अन्य खेलमा फुहमलले ब्राइटनलाई २–१ ले हरायो भने बर्नली र टोटनहम बीचको खेल २–२ को बराबरीमा टुंगियो ।
