पुलिसलाई तीन अंक

पुलिसले राष्ट्रिय लिग २०८२ मा आफ्नो पहिलो जित निकाल्ने क्रममा श्री भगवतीलाई १–० ले पराजित गरेको छ ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Three points for the police

काठमाडौँ — पुलिसले सोमबार राष्ट्रिय लिग २०८२ मा आफ्नो पहिलो जित निकाल्ने क्रममा श्री भगवतीलाई १–० ले पराजित गरेको छ । प्रतियोगिताको चौथो चरण आइपुग्दा पुलिसले पहिलो पटक तीन अंक बटुलेको हो ।

पुलिस यसअघि दुई खेलमा पराजित रहेको थियो र एक खेल बराबरीमा टुंगेको थियो । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलको ३७ औं मिनेटमा पुलिसले बुनेको आक्रमण विश्वास चौधरीको आत्मघाती गोलमा गएर टुंगेको थियो ।

यो जितपछि पुलिसको चार अंक भएको छ । हारपछि श्री भगवती पनि चार अंकमै रह्यो । दिनको पहिलो खेलमा मनाङ मर्स्याङ्दीले काँक्रेविहारलाई ५–१ ले पराजित गरेको थियो । 

कान्तिपुर

Link copied successfully