मनाङको पहिलो जित

लगातार तीन हारपछि चौथो खेल पुगेर मनाङ तीन अंक बटुल्न सफल भएको हो ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Manang's first victory

काठमाडौँ — मनाङ मर्स्याङ्दीले सोमबार राष्ट्रिय लिग २०८२ मा सोमबार पहिलो जित निकालेको छ ।

लगातार तीन हारपछि चौथो खेल पुगेर मनाङ तीन अंक बटुल्न सफल भएको हो ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा उसले काँक्रेविहारलाई ५–१ ले पराजित गरेको हो । काँक्रेविहारको भने यो लगातार चौथो हार हो र टिम शून्य अंकमा रह्यो ।

मनाङका लागि सुरेश कुमालले १६ औं मिनेटमा पहिलो गोल गरेपछि काँक्रेविहारका तर्फबाट सन्दीप देउवाले २० औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि मनाङले चार गोल थपेको हो ।

त्यसमा गिडोन नाहले ५४ र ८५ औं मिनेटमा दुई गोल गरे । यस्तै अनिलकुमार मगरले २५ र नवराज गुरुङले ८० औं मिनेटमा गोल गरे । 

 

कान्तिपुर

Link copied successfully