छात्रा बास्केटबलमा ल्यान्डमार्क र जेबीको जित

आयोजक काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) मा भइरहेको प्रतियोगितामा सोमबार ल्यान्डमार्कले ग्रिनल्यान्डलाई २६–१५ र जेबीले काठमाडौं युरोलाई १४–८ स्कोरले पराजित गरे ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Landmark and JB win in girls' basketball

काठमाडौँ — ल्यान्डमार्क एकेडेमी र जेबी स्कुलले पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा जित हात पारेको छ ।

आयोजक काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) मा भइरहेको प्रतियोगितामा सोमबार ल्यान्डमार्कले ग्रिनल्यान्डलाई २६–१५ र जेबीले काठमाडौं युरोलाई १४–८ स्कोरले पराजित गरे । ल्यान्डमार्ककी अञ्जली राईले ८ र जेबीकी मेनुका थारुले ६ स्कोर गरे ।

भ्याली पब्लिकले हिमशिलालाई १७–१०, तेजस्वी एकेडेमीले पारामाउन्ट एकेडेमीलाई २५–१२, ह्वाइट हेभेनले ज्ञानोदयलाई १०–४ र केभीकेएसएस ‘ए’ ले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३३–२४ ले हराए । भ्यालीकी सपना गिरीले ६, तेजस्वीकी एस्थर बरुवालले १२, ह्वाइट हेभेनकी सेवान्तिका योञ्जनले ४ र केभीकेएसएसकी एनी श्रेष्ठले १० स्कोर गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully