ला लिगामा शीर्ष स्थानको बार्सिलोनाको ५२ र रियलको ५१ अंक छ ।
काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगाको शीर्ष स्थान फेरि कब्जा गर्ने क्रममा आइतबार रियल ओभिएडोलाई ३–० ले पराजित गरेको छ ।
त्यसमा डानी ओल्मो, राफिन्हा र लामिन यामलले गोल गरे ।
यसअघि रियल म्याड्रिडले भिल्लारियललाई हराएर पहिलो स्थान उक्लेको थियो । यी नतिजापछि बार्सिलोना ५२ र रियल ५१ अंकमा रह्यो । उपाधि होड यिनै दुई पुराना प्रतिद्वन्द्वीमा सीमित रहेको छ ।
तेस्रोमा रहेका एटलेटिको म्याड्रिडले रियल मार्लोकालाई ३–० ले पराजित गर्यो । आइतबारका अन्य खेलमा डेपोर्टिभो एलाभेसले रियल बेटिसलाई २–१ र रियल सोडिडाडले सेल्टा भिगोलाई ३–१ ले हरायो ।
