भिल्लारियललाई हराएर रियल शीर्षमा

अल्भारो अरबेलोआको टिमलाई शीर्षमा दुई अंकको अग्रता प्राप्त छ । रियलको ५१ अंक भएको छ ।

माघ ११, २०८२

कान्तिपुर संवाददाता

Real Madrid beat Villarreal to go top

काठमाडौँ — केयलिन एमबापेले गरेको दुई गोलको मदतले रियल म्याड्रिडले शनिबार भिल्लारियललाई २–० ले हराएको छ र अंक तालिकाको शीर्षमा उक्लेको छ । 

अल्भारो अरबेलोआको टिमलाई शीर्षमा दुई अंकको अग्रता प्राप्त छ । रियलको ५१ अंक भएको छ । 

बार्सिलोना ४९ अंकमा दोस्रो स्थानमा छ र उसले अब आइतबार हुने खेलमा अंक तालिकाको पुछारतिर रहेको रियल ओभिएडोको सामना गर्नेछ ।

भिल्लारियल भने ४१ अंकमा चौथो स्थानमा रह्यो । एमबापेले यो सिजन लिगमा गरेको गोल संख्या २१ पुगेको छ । 

सबै प्रतियोगितामा गरेर रियलको यो लगातार तेस्रो जित हो र यसले टिम लयमा फर्केको संकेत गरेको छ ।

कान्तिपुर

Link copied successfully