बर्नमाउथसँग लिभरपुलको हार

खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला आमिन एडिलले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरे ।

माघ ११, २०८२

कान्तिपुर संवाददाता

Liverpool's defeat to Bournemouth

काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा शनिबार बर्नमाउथले लिभरपुललाई ३–२ ले पराजित गरेको छ । 

खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला आमिन एडिलले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरे ।

हारले लिभरपुल ३६ अंकमा चौथोमा रह्यो र उसको शीर्ष चारको सम्भावनामा धक्का पुगेको छ । त्यस अगाडि म्यानचेस्टर सिटीले उल्भ्सलाई २–० ले पराजित गरेको थियो । त्यसमा भने ओमर मारमोस र एन्टोन समेन्योले एक एक गोल गरे ।

सिटीको ४६ अंक भएको छ र यो शीर्षमा रहेको आर्सनलसँग चार अंकको दूरी हो । अन्य खेलमा फुहमलले ब्राइटनलाई २–१ ले हरायो भने बर्नली र टोटनहमले २–२ को बराबरी खेले ।

कान्तिपुर

Link copied successfully