जिम्बावेविरुद्ध नेपालको फिल्डिङ

सुपर सिक्समा पुग्ने झिनो आशालाई कायम राख्न नेपाललाई यो खेल जित्नैपर्ने अवस्था छ ।

माघ १०, २०८२

कान्तिपुर संवाददाता

Nepal's fielding against Zimbabwe

काठमाडौँ — नेपालले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको जिम्बावेविरुद्धको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ ।

नेपालकी कप्तान इन्दु बर्माले शनिबार टस जितेर त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा जिम्बावेलाई पहिला ब्याटिङका लागि बोलाएकी हुन् । नेपाल र जिम्बावे पहिलो पटक आमनेसामने भएका हुन् ।

सुपर सिक्समा पुग्ने झिनो आशालाई कायम राख्न नेपाललाई यो खेल जित्नैपर्ने अवस्था छ । पहिलो पटक ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा खेलिरहेको नेपाल पहिलो जित हात पार्ने आशामा रहेको छ ।

नेपालले काजोल श्रेष्ठको स्थानमा रोमा थापालाई खेलाएको छ । रोमाले विकेटकिपिङ र ब्याटिङको जिम्मेवारी निभाउनेछिन् ।

नेपाल पहिलो दुई खेलमा पराजित भइसकेको छ । नेपाललाई थाइल्यान्डले ८ विकेटले र नेदरल्यान्ड्सले २ रनले पराजित गरेको थियो । जिम्बावे पहिलो ३ खेलमा पराजित भएर सुपर सिक्समा पुग्ने सम्भावनाबाट बाहिरिसकेको छ । जिम्बावे यस प्रतियोगितामा नेदरल्यान्ड्स, थाइल्यान्ड र स्कटल्यान्डसँग पराजित भएको थियो । 

कान्तिपुर

Link copied successfully