इन्टर मिलान विजयी

इन्टरको २२ खेलबाट ५२ अंक भएको छ

माघ १०, २०८२

कान्तिपुर संवाददाता

Inter Milan won

काठमाडौँ — इन्टर मिलानले दुई गोलले पछाडि रहेको स्थिति उल्टाएर उत्कृष्ट पुनरागमन गर्दै शुक्रबार पिसालाई ६–२ ले हराएको छ ।

यससँगै इटालीको सिरी ए को शीर्ष स्थानमा छ अंकको अग्रता लिएको छ ।

सानसिरोमा भएको खेलमा स्टेफानो मोरेओको दुई गोलले पिसाले अविश्वसनीय अग्रता लिएको थियो । त्यसपछि पिटार जेलेन्सकी र लउटारो मार्टिनेजको गोलले खेल बराबरीमा आएको थियो ।

पिसो इस्पोसिटोको गोलले अग्रता लिएयता इन्टरका लागि फेडरिको डिमार्को, एन्गे योना बोनी र हेनरिक मिखाटेरियनले थप गोल गरे । यो जितपछि इन्टरको २२ खेलबाट ५२ अंक भएको छ । एसी मिलान ४६ अंकमा दोस्रोमा छ । 

कान्तिपुर संवाददाता

Link copied successfully