लियोन र भिल्ला अन्तिम १६ मा

लियोनले योङ ब्वाइजलाई १–० ले हरायो र त्यसमा एइन्सली माइटल्यान्डले निर्णायक गोल गरे ।

माघ ९, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — लियोन र एस्टन भिल्लाले बिहीबार युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएका छन् ।

लियोनले योङ ब्वाइजलाई १–० ले हरायो र त्यसमा एइन्सली माइटल्यान्डले निर्णायक गोल गरे । यस्तै जाडोन सान्चोको गोलमा भिल्लाले फेनेबाचेलाई १–० ले पराजित गरेको हो ।

यी नतिजापछि लियोन र भिल्ला दुवैको सात खेलबाट १८ अंक भएको छ । उनीहरू शीर्ष दुई स्थानमा छन् र गोल अन्तरले मात्र तलमाथि छन् । अन्तिम दिनको खेल अगाडि फ्रेबर्ग १७ अंकमा तेस्रो स्थानमा छ । उसले मकाबी टेल अभिभलाई १–० कै अन्तरले हरायो ।

लिग चरणको अन्त्यमा शीर्ष आठ स्थानमा रहने टिम स्वतः अन्तिम १६ मा पुग्नेछन् । युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिताको लिग चरणका अन्तिम दिनका १८ खेल अब अर्को बिहीबार हुनेछन् । 

कान्तिपुर संवाददाता

Link copied successfully