काँक्रे विहारमाथि एनआरटी सजिलै विजयी

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि टिमोथी चिमेरीले दोस्रो मिनेटमा पहिलो गोल गरे । त्यसपछि रणदीप पौडेलले ३५ औं मिनेटमा दोस्रो गोल थपे ।

माघ ८, २०८२

कान्तिपुर संवाददाता

NRT easily wins over Kankre Vihar

काठमाडौँ — पहिलो हाफको दुई गोलको मद्दतले एनआरटीले राष्ट्रिय लिग २०८२ मा बिहीबार काँक्रे विहारमाथि २–० को सजिलो जित निकालेको छ । 

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि टिमोथी चिमेरीले दोस्रो मिनेटमा पहिलो गोल गरे । त्यसपछि रणदीप पौडेलले ३५ औं मिनेटमा दोस्रो गोल थपे । यो जितपछि एनआरटीको तीन खेलबाट ६ अंक भएको छ । 

सुरुआती खेल गुमाएयता एनआरटीको यो लगातार दोस्रो जित हो । अर्कोतर्फ काँक्रे विहारको यो लगातार तेस्रो हार हो र टिम शून्य अंकमा पुछारमा छ ।

बिहीबार नै च्यासलमा भएको संकटा र फ्रेन्ड्सबीचको खेल निराशाजनक गोलरहित बराबरीमा टुंगियो । यो नतिजापछि संकटा ५ र फ्रेन्ड्स ४ अंकमा रह्यो ।

कान्तिपुर

Link copied successfully