त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको सेमिफाइनलमा किरणले सुदूरपश्चिम प्रदेशका कमल ओली र शेखुले बागमती प्रदेशका पासाङ ग्याल्जेन थोकरलाई पराजित गरे ।
काठमाडौँ — आर्मीका किरण पुन र एपीएफका मोहम्मद शेखु आलम बिहीबार राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिताको पुरुष ८४ केजीमुनि तौल समूहको फाइनलमा पुगेका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको सेमिफाइनलमा किरणले सुदूरपश्चिम प्रदेशका कमल ओली र शेखुले बागमती प्रदेशका पासाङ ग्याल्जेन थोकरलाई पराजित गरे ।
पुरुष ५५ केजीमुनि सुदूरपश्चिमका सुरेन्द्र लुहार र पुलिसका एलोन श्रेष्ठ, ५० केजीमुनि एपीएफका राकेश मानन्धर र बागमतीका सुजन खड्गी तथा ६७ केजीमुनि पुलिसका सन्तोष श्रेष्ठ र एपीएफका प्रदीप मगर फाइनलमा पुगे ।
नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरद्वारा आयोजित प्रतियोगिताको महिला ४५ केजीमुनि एपीएफकी वर्षा बुढा मगर र आर्मीकी ममता महर्जन, ५० केजीमुनि एपीएफकी अञ्जली महर्जन र पुलिसकी पुष्पका लामा, ६८ केजीमाथि एपीएफकी दिया थापा र बागमती प्रदेशकी महिमा राई तथा ६१ केजीमुनि कर्णाली प्रदेशकी कृतिका कटुवाल र पुलिसकी निरुपा दोङ तामाङले फाइनलमा स्थान बनाएका छन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।
