भगवती क्लबको मुख्य प्रायोजकमा एक्सपर्ट

सम्झौता एक वर्षको रहनेछ । श्री भगवतीले राष्ट्रिय लिगलगायत खेल्ने सबै प्रतियोगितामा एक्सपर्टको लोगो आफ्नो जर्सीमा प्रयोग गर्नेछ ।

माघ ८, २०८२

कान्तिपुर संवाददाता

Expert as main sponsor of Bhagwati Club

What you should know

काठमाडौँ — एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले ए डिभिजन टोली श्री भगवती क्लबलाई मुख्य प्रायोजन गरेको छ । एक्सपर्ट एजुकेसनका निर्देशक जयराम अर्याल र श्री भगवतीका अध्यक्ष गणेशलाल श्रेष्ठले‌ सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता एक वर्षको रहनेछ । श्री भगवतीले राष्ट्रिय लिगलगायत खेल्ने सबै प्रतियोगितामा एक्सपर्टको लोगो आफ्नो जर्सीमा प्रयोग गर्नेछ । अब क्लबको नाम एक्सपर्ट एजुकेसन टोखा नगरपालिका श्री भगवती रहनेछ ।

जारी राष्ट्रिय लिगमा भगवतीले २ खेलबाट १ अंक जोडेको छ । पहिलो खेलमा चर्च ब्वाइजसँग बराबरी खेलेको भगवती दोस्रो खेलमा जावलाखेल युथ क्लबसँग पराजित भएको थियो । भगवती यसै वर्ष ए डिभिजन लिगमा बढुवा भएको थियो ।

एक्सपर्ट एजुकेसनका निर्देशक अर्यालले श्री भगवतीसँग विगतबाट सहकार्य गर्दै आएकोमा अहिले मुख्य प्रायोजकका  रूपमा अझै फराकिलो भएर आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरे ।

भगवतीका अध्यक्ष श्रेष्ठले २०४७ सालमा टोखामा क्लब स्थापना भएको स्मरण गर्दै टोली ए डिभिजनमा पुग्नुमा टोखा नगरपालिका र सबै वडाको सहयोग रहेको बताए ।

Expert as main sponsor of Bhagwati Club

श्री भगवतीका कप्तान अशोक खवासले हौसला र साथका लागि एक्सपर्टलाई धन्यवाद दिए । उनले आफूहरुबाट गरिएको आशा पूरा गर्न र  क्लबको परिचय बनाउन कोसिस गर्ने प्रतिबद्धता व्यक्त गरे ।

श्री भगवतीका पूर्व अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य मनीष जोशीले यो सम्झौताले खेलकुद र शिक्षा को सहकार्य भएको बताउदै बी डिभिजनदेखि नै एक्सपर्टको सहयोग रहेको स्मरण गरे ।

नेपालयका सुभाषचन्द्र प्रधानले फुटबललगायत खेलकुदका अन्य प्रतियोगिता आयोजनाका लागि एक्सपर्टको सधैं साथ रहने रहेको स्मरण गरे ।   

कान्तिपुर

Link copied successfully