बायर्न पुग्यो अन्तिम १६ मा

यो जितपछि बायर्नको १८ अंक भएको छ र दोस्रो स्थानमा उक्लेको छ ।

माघ ८, २०८२

कान्तिपुर संवाददाता

Bayern reach the last 16

काठमाडौँ — ह्यारी केनको दुई गोलको मदतले बायर्न म्युनिकले बुधबार युनियन सेन्ट गिलोसमाथि २–० को जित निकाल्दै युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । यो जितपछि बायर्नको १८ अंक भएको छ र दोस्रो स्थानमा उक्लेको छ ।

अर्को महत्त्वपूर्ण खेलमा लिभरपुलले मार्सेलाई ३–० ले हरायो र १५ अंकसहित चौथो स्थानमा उक्लिन सफल रह्यो । अन्तिम चरणका खेल अगाडि आर्सनल २१ अंकमा शीर्षमा छ । रियल म्याड्रिड र लिभरपुल समान अंकमा रहेका छन् ।

आर्ने स्लटको लिभरपुल सबै प्रकारका प्रतियोगिताका १३ खेलमा अपराजित रहेको छ । यसपल्ट उसका लागि डोमिनिक सबोसलाई र कोडी गाक्पोले गोल गरे । अर्को गोल आत्मघाती रह्यो ।

अन्य प्रिमियर लिग क्लबमध्ये चेल्सीले पाफोसलाई १–० र न्युकासल युनाइटेडले पीएसभी आयनहोभनलाई ३–० ले हरायो । लिग तालिकाको शीर्ष आठमा पाँच इंग्लिस क्लब रहेका छन् ।

यस्तै कोराबागले फ्रायन्कफर्टलाई ३–२, एथलेटिको बिलबाओले एटलान्टालाई ३–२, युभेन्ट्सले बेनफिकालाई २–० र बार्सिलोनाले स्लाभिया प्रागलाई ४–२ ले पराजित गर्‍यो । गालातासारे र एटलेटिको म्याड्रिडले १–१ को बराबरी खेले । 

कान्तिपुर संवाददाता

Link copied successfully