यस खेलसँगै प्रतियोगिताको दोस्रो चरणका खेल समाप्त भएका छन् । चर्च ब्वाइज भने दुई खेलबाट एकै अंकमा सीमित रह्यो ।
काठमाडौँ — एपीएफले राष्ट्रिय लिग २०८२ मा बिहीबार लगातार दोस्रो जित निकालेको छ । च्यासल मैदानमा भएको खेलमा एपीएफले चर्च ब्वाइजलाई ४–१ ले पराजित गरेको हो । यो जितपछि एपीएफको दुई खेलबाट छ अंक भएको छ ।
यस खेलसँगै प्रतियोगिताको दोस्रो चरणका खेल समाप्त भएका छन् । चर्च ब्वाइज भने दुई खेलबाट एकै अंकमा सीमित रह्यो । एपीएफका लागि युवराज खड्काले दुई गोल गरे । उनले ६० र ७७ औँ मिनेटमा गोल गरेका हुन् ।
त्यसअघि पहिलो हाफमा समराज थोकरले २२ औँ र प्रदीप लामाले ३८ औँ मिनेटमा गोल गरेका थिए । चर्च ब्वाइजका तर्फबाट मिलन राईले ८२ औँ मिनेटमा एक गोल फर्काए ।
