प्रोफेसनल र एमेच्योरको बक्सिङ स्पर्धा हुने

प्रतियोगितामा प्रोफेसनल र एमेच्योरतर्फ प्रतिस्पर्धा हुनेछ । प्रोफेसनलको पुरुषमा ६ र महिलामा २ स्पर्धामा भिडन्त हुनेछ ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Professional and amateur boxing competitions to be held

काठमाडौँ — नेपालय इन्टरनेसनलको आयोजनामा हिमालय बक्सिङ (अन्नपूर्ण सिरिज) मार्चमा गर्ने गरिने भएको छ । मिति भने पछि तय गर्ने नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानले जनाएका छन् ।

प्रतियोगितामा प्रोफेसनल र एमेच्योरतर्फ प्रतिस्पर्धा हुनेछ । प्रोफेसनलको पुरुषमा ६ र महिलामा २ स्पर्धामा भिडन्त हुनेछ । एमेच्योरको पुरुष/महिलामा २–२ तौल समूहमा खेल हुनेछ । हरेक स्पर्धामा २ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

अध्यक्ष प्रधानका अुनसार कुल पुरस्कार राशि करिब २० लाख रुपैयाँ छ । नेपाल बक्सिङ महासंघको स्वीकृतिमा बक्समान्डुको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान र अमेरिकाका खेलाडी हुने बताइएको छ ।

खेल ठमेलस्थित क्लब नोभामा खेलाइने छ । क्लब नोभा प्रतियोगिताको ‘भेन्यु पार्टनर’ का रूपमा रहनेछ । त्यसका लागि नेपालयका अध्यक्ष प्रधान र नोभाका संस्थापक निर्देशक मुखिया घलेबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

नेपालयले यसअघि प्रधानमन्त्री कप पुरुष क्रिकेट र यू–१४ विद्यालय खेलकुद आयोजनामा पनि सहकार्य गरेको थियो ।

कान्तिपुर

Link copied successfully