आर्मी र प्लानिङ ब्वाइजबीच बराबरी

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टिमले शृंखलाबद्ध आक्रमण बुनेका थिए र खेल आफैमा रोमाञ्चक रह्यो । तर दुवै टिम गोल निकाल्न भने सफल रहेनन् ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

A draw between Army and Planning Boys

काठमाडौँ — आर्मी र प्लानिङ ब्वाइजले मंगलबार राष्ट्रिय लिग २०८२ मा गोलरहित बराबरी खेलेका छन् । यससँगै दुवै टिमले एक एक अंकमा चित्त बुझाए ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टिमले शृंखलाबद्ध आक्रमण बुनेका थिए र खेल आफैमा रोमाञ्चक रह्यो । तर दुवै टिम गोल निकाल्न भने सफल रहेनन् ।

यो नतिजापछि आर्मी र प्लानिङ ब्वाइज दुवै समान चार चार अंकमा रहे । यसअघि दिनको पहिलो खेलमा पुलिस र चित्लाङले पनि बराबरी नै खेलेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully