भिल्लाको ४३ अंक छ र तेस्रो स्थानमै रह्यो । म्यानचेस्टर सिटी पनि ४३ अंकमा दोस्रोमा छ ।
काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा एभरटनले उपाधि होडमा रहेको एस्टन भिल्लालाई १–० ले पराजित गरेको छ । खेलको एक मात्र गोल थिएर्नो बारीले ५९ औं मिनेटमा गरे । यो हारले भिल्ला दोस्रो स्थानमा उक्लिन असफल रह्यो ।
भिल्लाको ४३ अंक छ र तेस्रो स्थानमै रह्यो । म्यानचेस्टर सिटी पनि ४३ अंकमा दोस्रोमा छ । आर्सनल भने ५० अंकमा शीर्ष स्थानमा रहेको छ र उसको सात अंकको अग्रता कायम रह्यो ।
एभरटन भने जितपछि ३२ अंकमा दसौं स्थानमा उक्लिन सफल रह्यो । आइतबारकै अर्को खेलमा उल्भ्स र न्युकासल युनाइटेडले गोलरहित बराबरी खेले ।
