फुल कन्ट्याक्ट करातेमा सनी, अनिशा र सपनालाई स्वर्ण

विजेतालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर राजाराम श्रेष्ठ, आयोजक संघका संस्थापक अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले पुरस्कृत गरे ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — आर्मीका सनीसिंह सुनार, एपीएफकी अनिशा तामाङ र आर्मीकी सपना ऐडी सोमबार २४ औं राष्ट्रिय पुरुष खुला तथा १८ औं राष्ट्रिय महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेका छन् ।

सनी पुरुष खुला तौल समूह, अनिशा महिला ५५ केजीमुनि र सपना महिला ५५ केजीमाथि विजेता भएका हुन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको पुरुष खुला फाइनलमा सनीले आर्मीकै प्रवीण माझीलाई हराए । आर्मीका भूपेन्द्र ओली तेस्रो र विष्णु थापा मगर चौथो भए ।

महिला ५५ केजीमुनि फाइनलमा अनिशाले आर्मीकी विन्दु चौधरीलाई हराइन् । केडब्लूडब्लूकी सुप्रिया गुरुङ तेस्रो र एपीएफकी निशा सुनुवार चौथो भए ।

नेपाल क्योकुसिन कराते डो संघ बज्रद्वारा आयोजित प्रतियोगिताको महिला ५५ केजीमाथि फाइनलमा सपनाले एपीएफकी सुमित्रा नगरकोटीलाई हराइन् । केडब्लूडब्लूकी रसिला श्रेष्ठ तेस्रो र आर्मीकी अप्सरा कुमाल चौथो भए ।

छैटौं वज्र फाइटको पुरुष ६२ केजीमुनि किलर फाइट क्लबका सुमन याखा राई विजेता भए । उनले फाइनलमा आर्मीका जनकबहादुर धामीलाई हराए । पुरुष ५५ केजीमुनि फाइनलमा केडब्लूडब्लूका मोहम्मद सनउला अन्सारीले आईकेएका सन्देश तामाङलाई पराजित गरे ।

महिला ४६ केजीमुनि आर्मीकी मनीता राई पहिलो भइन् । उनले फाइनलमा केडब्लूडब्लूकी सिवानी आले मगरलाई हराइन् ।

विजेतालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर राजाराम श्रेष्ठ, आयोजक संघका संस्थापक अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले पुरस्कृत गरे । सबै स्पर्धाका पदक विजेताले नगद पुरस्कार पाए ।

कान्तिपुर संवाददाता

Link copied successfully