जुनियर टेनिसमा सोनाम, सारा र विश्व विजेता

सोनाम यू–१० ब्वाइज सिंगल्स, सारा यू–१२ गर्ल्स सिंगल्स र विश्व यू–१४ ब्वाइज सिंगलमा च्याम्पियन बने ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Sonam, Sara and world champions in junior tennis

काठमाडौँ — सोनाम छिरिङ घले, सारा पन्त र विश्वविशेष डल्लाकोटीले फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको सोमबार स्वर्ण पदक जितेका छन् । सोनाम यू–१० ब्वाइज सिंगल्स, सारा यू–१२ गर्ल्स सिंगल्स र विश्व यू–१४ ब्वाइज सिंगलमा च्याम्पियन बने ।

फ्ल्यास स्पोर्ट्स टेनिस एकेडेमीमा भएको यू–१० ब्वाइजको फाइनलमा सोनामले एस्टन श्रेष्ठलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गरे ।

यू–१२ गर्ल्सतर्फ फाइनलमा साराले आर्या पौडेललाई ६–१, ६–० ले सहजै हराइन् । साराको यो दोस्रो व्यक्तिगत स्वर्ण हो । साराले यू–१४ गर्ल्स सिंगलमा पनि स्वर्ण जितेकी थिइन् ।

यू–१४ ब्वाइजको फाइनलमा अर्याशराज पौडेल रिटायर्ड हर्ट भएपछि विश्व विजेता बने । तेस्रो सेटमा विश्व १–० ले अगाडि रहेको अवस्थामा अर्याश रिटायर्ड हर्ट भए । त्यसअघि दुवैले १–१ सेट जितेका थिए । पहिलो सेट विश्वले ६–३ ले र दोस्रो सेट अर्याशले ६–१ ले आफ्नो पक्षमा पारेका थिए ।

अन्तिम दिन यू–१६ ब्वाइज सिंगल्समा साङ्गे रोकाया विजेता भए । उनले फाइनलमा असभसम्राट हाडाबाट वाकओभर पाए ।

Sonam, Sara and world champions in junior tennis

नेपाल टेनिस संघको स्वीकृतिमा भएको प्रतियोगितामा १ डबल्ससहित १५ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । स्वस्तिका विष्ट यू–१६ र यू–१८ गर्ल्स सिंगलमा च्याम्पियन भइन् । यू–८ सिंगल्सको ब्वाइजमा सर्वज्ञजंग खत्री र गर्ल्समा भानी राजभण्डारी, यू–१८ ब्वाइज सिंगल्समा आयुशमान हजुर घले, यू– ९ ब्वाइज सिंगल्सःमा टोनिस श्रेष्ठ, यू–१० गर्ल्स सिंगल्समा निम्ति कुँवर, यू–१२ ब्वाइज सिंगल्समा आरित मल्ल तथा ब्वाइज डबल्समा दर्शिल श्रेष्ठ र असभसम्राटको जोडी च्याम्पियन भए । आरितसँगै सारा र सोनाम आयोजक एकेडेमीका हुन् ।

विजेतालाई नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल, प्रतियोगिता संयोजक कृष्णराज घले, टेनिसका नेपाल नम्बर वान प्रदीप खड्कालगायतले पुरस्कृत गरे । आयोजक एकेडेमीका सञ्चालक श्रवण कार्कीले प्रतियोगितालाई निरन्तर आयोजना गरिने बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully