संकटाले च्यासल मैदानमा भएको खेलमा काँक्रेबिहारलाई ४–० ले पराजित गर्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेलले भने श्री भगवती क्लबको चुनौती ४–० ले समाप्त पार्यो ।
What you should know
काठमाडौँ — नेपालको घरेलु फुटबलका दुई पारम्परिक शक्ति संकटा र जावलाखेल युथ क्लबले आइतबार राष्ट्रिय लिगमा प्रभावशाली जित जित हात पारेका छन् ।
संकटाले च्यासल मैदानमा भएको खेलमा काँक्रेबिहारलाई ४–० ले पराजित गर्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेलले भने श्री भगवती क्लबको चुनौती ४–० ले समाप्त पार्यो । संकटा भने यो जितपछि २ खेलबाट ४ अंक बटुलेर शीर्षस्थानमा उक्लिन सफल रह्यो ।
टोलीका लागि अनिश महर्जनले १४ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि पहिलो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा कृष्णबहादुर आलेले दोस्रो गोल थपे । मध्यान्तरपछि विशाल तामाङले ५५ औं र वेन्डपाङ्गा गिल्बर्टले ७४ औं मिनेटमा १–१ गोल गरे । काँक्रेबिहारको भने यो लगातार दोस्रो हार हो । सुरुआती दुवै गोल गुमाएर यो टिम अंकविहीन छ । अब टोलीका सामु आफ्नो खेलमा नाटकीय सुधार गर्ने चुनौती हुनेछ ।
जावलाखेलका लागि निकोलस ओडाने ह्यामल्टन र धर्वेन्द्र कुँवरले समान दुई गोल गरे । निकोलसले पहिलो मिनेटमै गोलको खाता खोलेपछि धर्वेन्द्रले चौथो मिनेटमा दोस्रो गोल थपे । धर्वेन्द्रले ५७ औं मिनेटमा तेस्रो गोल गरेका थिए । निकोलसले गरेको चौथो गोल भने दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा भएको थियो । यो जितपछि जावलाखेलको ३ अंक भएको छ । सातदोबाटो भने एक अंकमै सीमित रह्यो ।
अर्को खेलमा एपीएफ क्लबले फ्रेन्ड्सलाई १–० ले हरायो । च्यासलमा भएको खेलमा एपीएफको जितको कारण खेमराज श्रेष्ठको आत्मघाती गोल रह्यो । उनी २५ औं मिनेटमा यो दुर्भाग्यपूर्ण गोल गर्न पुगे । यो प्रदर्शन किन पनि धेरै अर्थमा आत्मघाती रह्यो भने उनले काँक्रेबिहारविरुद्धको पहिलो
खेलमा पनि आत्मघाती गोल गरेका थिए । यो नतिजापछि एपीएफको ३ अंक भएको छ भने फ्रेन्ड्स पनि ३ अंकमै रह्यो ।
एपीएफको खेलसँगै प्रतियोगितामा सहभागी सबै १७ टिमले कम्तीमा एक खेल खेलेका छन् । अब सोमबार हुने खेलमध्ये सातदोबाटोमा नव जनजागृति र लालीगुराँस भिड्ने छन् । दशरथ रंगशालामा एनआरटी र सातदोबाटो तथा मनाङ मर्स्याङ्दी र मछिन्द्रबीच खेल हुनेछ ।
