हान्सी फ्लिकको टिम १२ खेलयता पराजित भएको यो पहिलो पटक हो ।
काठमाडौँ — रियल सोसिडाडले स्पेनी ला लिगामा आइतबार बार्सिलोनालाई २–१ ले पराजित गरेको छ । यससँगै बार्सिलोनाको उपाधि यात्रामा अवरोध उत्पन्न भएको छ । हान्सी फ्लिकको टिम १२ खेलयता पराजित भएको यो पहिलो पटक हो ।
यो नतिजाले शीर्षमा बार्सिलोनाको अग्रता एकै अंकमा सीमित रह्यो । उसको ४९ छ भने रियल म्याड्रिड ४८ अंकमा दोस्रो स्थानमा छ । सोसिडाडका लागि मिकेल आयारजाबाल र गोन्जालो गुडेसले गोल गरे ।
बार्सिलोनाका तर्फबाट मार्कस रसफोर्डले एक गोल फर्काए । सोसिडाड २४ अंकमा आठौं स्थानमा उक्लेको छ । त्यस अगाडि एटलेटिको म्याड्रिडले डेपोर्टिभो एलाभेसलाई १–० ले पराजित गरेको थियो । एटलेटिको ४१ अंकमा चौथो स्थानमा छ ।
