इन्टर शीर्षमा अझ बलियो

उपाधि होडमै रहेको नेपोलीले पनि ससुलोलाई १–० ले पराजित गरेको छ र त्यसमा स्टानिस लोबोक्टाले एक मात्र गोल गरे ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Inter stronger at the top

काठमाडौँ — इन्टर मिलानले शनिबार इटालीको सिरी ए मा युडिनेजीलाई १–० ले हराएर आफ्नो स्थान अझ बलियो बनाएको छ । इन्टरका लागि निर्णायक गोल लउतारो मार्टिनेजले गरे ।

उपाधि होडमै रहेको नेपोलीले पनि ससुलोलाई १–० ले पराजित गरेको छ र त्यसमा स्टानिस लोबोक्टाले एक मात्र गोल गरे । लिग तालिकामा इन्टर ४९ अंकमा शीर्षमा छ भने नेपोली ४३ अंकमा तेस्रो स्थानमा छ ।

यसबीच एसी मिलान ४३ अंकमा दोस्रो स्थानमा छ । चौथोमा रहेको युभेन्ट्स भने अर्को खेलमा कागलिरीसँग १–० ले पराजित भयो र ३९ अंकमै सीमित रह्यो ।

कान्तिपुर

Link copied successfully