फरेस्टसँग आर्सनलको बराबरी

आर्सनलले एक अंकमा चित्त बुझाए पनि त्यसले धेरै घाटा भने गर्ने छैन।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Arsenal draw with Forest

काठमाडौँ — नटिंघम फरेस्टले शनिबार इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनललाई गोलरहित बराबरीमा रोकेको छ । आर्सनलले एक अंकमा चित्त बुझाए पनि त्यसले धेरै घाटा भने गर्ने छैन।

शनिबारकै अन्य खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइेटडको हातबाट २–० ले पराजित भएको हुनाले आर्सनल अनुकुल स्थितिमै रहेको हो । यस्तै चौथोमा रहेको लिभरपुल पनि बर्नलीको हातबाट १–१ को बराबरीमा रोकियो ।

आर्सनलको २२ खेलपछि ५० अंक भएको छ । सिटी ४३ अंकमा दोस्रो तथा लिभरपुल ३६ अंकमा चौथोमा छ । उनीहरूबीच एस्टन भिल्ला ४३ अंकमै तेस्रो स्थानमा छ ।

यस्तै अन्य खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई २–०, लिड्स युनाइटेडले फुलहमलाई १–०, सन्डरल्यान्डले क्रिस्टल प्यालेसलाई २–१ र वेस्ट ह्यामले टोटनहमलाई २–१ ले हरायो ।

कान्तिपुर

Link copied successfully