वडा अध्यक्ष तेक्वान्दोमा ढल्को डोजाङ च्याम्पियन

काठमाडौं महानगरपालिका वडा ८ को सहयोग तथा पिङ्ला तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितामा ३ स्वर्णसाथ लायन मार्सल आर्ट दोस्रो भयो । तेस्रो स्थानको दिलीप स्मृति तेक्वान्दो डोजाङले १ स्वर्ण, ३ रजत र ३ कांस्य जितेको थियो ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

Ward chairman becomes Dojang champion in Taekwondo

काठमाडौँ — ढल्को तेक्वान्दो डोजाङ ३ स्वर्ण, २ रजत र २ कांस्य पदक जित्दै वडा अध्यक्ष तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

काठमाडौं महानगरपालिका वडा ८ को सहयोग तथा पिङ्ला तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितामा ३ स्वर्णसाथ लायन मार्सल आर्ट दोस्रो भयो । तेस्रो स्थानको दिलीप स्मृति तेक्वान्दो डोजाङले १ स्वर्ण, ३ रजत र ३ कांस्य जितेको थियो ।

विजेतालाई वडा ८ का अध्यक्ष आशामान संगतलगायतले पुरस्कृत गरे । एकदिने प्रतियोगिताको काठमाडौं महानगरकी उपमेयर सुनीता डंगोलले उद्घाटन गरेकी थिइन् ।

जयबागेश्वरीमा भएको प्रतियोगितामा विभिन्न १३ स्पर्धाका शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

कान्तिपुर

Link copied successfully