पीएसजीको जितमा डेम्बेले नायक

पीएसजीको १८ खेलबाट ४२ अंक भएको छ र यो दोस्रोमा रहेका लेन्समाथि दुई अंकको अग्रता हो ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

Dembele the hero in PSG's win

काठमाडौँ — चोटबाट मुक्त हुने प्रयासमा रहेका ओसमन डेम्बेलेको उत्कृष्ट प्रदर्शनको मदतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शुक्रबार राति फ्रान्सेली लिग वानमा लिलाई ३–० ले पराजित गरेको छ ।

यस जितपछि पीएसजी कम्तीमा दुई दिनका लागि लिग तालिकाको शीर्ष स्थानमा छ । पीएसजीको १८ खेलबाट ४२ अंक भएको छ र यो दोस्रोमा रहेका लेन्समाथि दुई अंकको अग्रता हो ।

डेम्बेलेले १३ र ६४ औं मिनेटमा गोल गरे । यस्तै ब्राडली बारकोलालले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो गोल गरे । डेम्बेले बेलन डे अर जितेयता घाइते भएका थिए र अहिले पूर्णतः निको हुने प्रयासमा छन् ।

कान्तिपुर

Link copied successfully