यू–१८ ब्वाइजमा आयुष्मान र असभ फाइनलमा

आयुष्मानले शाश्वत बज्राचार्यलाई ६–२, ६–१ र असभले दर्शिल श्रेष्ठलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गरे ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

Ayushman and Asav reach finals in U-18 boys' tournament

काठमाडौँ — आयुष्मान घले र असभसम्राट हाडा फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यू–१८ ब्वाइज सिंगल्सतर्फ फाइनलमा पुगेका छन् ।

आयुष्मानले शाश्वत बज्राचार्यलाई ६–२, ६–१ र असभले दर्शिल श्रेष्ठलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गरे । सो स्पर्धाको गर्ल्समा स्वस्तिका विष्टले समृद्धि महर्जनलाई ६–०, ६–१ को सेटमा हराएर आध्या पौडेलसँगको फाइनल भेट पक्का गरिन् ।

फ्ल्यास स्पोर्ट्स टेनिस एकेडेमीको आयोजनामा बूढानीलकण्ठमा भइरहेको प्रतियोगिताको यू–१६ ब्वाइज सिंगल्समा प्रारथ्या रिजाल, सुरेन्द्र बिक, असभसम्राट हाडा र साङ्गे रोकाया सेमिफाइनलमा पुगे ।

यू–८ गर्ल्स सिंगल्समा भानी अग्रवाल र अनुपमा श्रेष्ठले उपाधि भिडन्त पक्का गरे । यू–१२ ब्वाइज सिंगल्समा आरित मल्ल र सभ्यजंग कार्की फाइनलमा पुगे । सो विधाको गर्ल्समा सरा पन्त, नाइरा छोदेन घले, आर्या पौडेल र तभिसी राणा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कान्तिपुर

Link copied successfully