बूढानीलकण्ठमा भइरहेको प्रतियोगितामा शाश्वतले बोरिस अधिकारीलाई ४–६, ६–२, ६–१, आयुशले सुरेन्द्र विकलाई ७–५, ६–४, असभले संगम आले मगरलाई ६–०, ६–० तथा दर्सिलले साङ्गे रोकायालाई ६–१, ६–३ को सेटमा पराजित गरे ।
काठमाडौँ — शाश्वत वज्राचार्य, आयुशमान घले, असभसम्राट हाडा र दर्सिल श्रेष्ठ फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यू–१८ ब्वाइज सिंगल्समा शुक्रबार सेमिफाइनल पुगेका छन् ।
फ्ल्यास स्पोर्ट्स टेनिस एकेडेमीको आयोजनामा बूढानीलकण्ठमा भइरहेको प्रतियोगितामा शाश्वतले बोरिस अधिकारीलाई ४–६, ६–२, ६–१, आयुशले सुरेन्द्र विकलाई ७–५, ६–४, असभले संगम आले मगरलाई ६–०, ६–० तथा दर्सिलले साङ्गे रोकायालाई ६–१, ६–३ को सेटमा पराजित गरे ।
यू–१२ ब्वाइज सिंगल्समा साहस बस्नेत, आरित मल्ल, आहान भट्टराई र सभ्यजंग कार्कीले सेमिफाइनल पुगे । यु–९ ब्वाइज सिंगल्समा टोनिस श्रेष्ठ, सर्वज्ञजंग खत्री, गगन श्रेष्ठ र सोनाम छिरिङ घले सेमिफाइनलमा पुगेका छन् । गर्ल्सतर्फ स्वर्णिमा श्रेष्ठ र भानी राजभण्डारी सेमिफाइनल पुगेका छन् ।
यू–१४ ब्वाइज सिंगल्समा विश्वविशेष डल्लाकोटी, सुजन कुइँकेल, आहान भट्टराई, प्रारथ्या रिजाल, सभ्यजंग कार्की, शरण बिक, अनमोल नेपाली र अर्याशराज पौडेल क्वाटरफाइनलमा पुगे । गर्ल्समा सारा पन्त, इरा खत्री, अनुश्री ध्वजु र स्वराह थापा विजयी भए ।
यू–१० ब्वाइज सिंगल्समा आयान पन्त, एस्टन श्रेष्ठ, टोनिस श्रेष्ठ र सोनाम छिरिङ घले विजयी भए ।
