चेल्सीले आयोजक केएमसीलाई २९–११ स्कोरले पराजित गर्यो । चेल्सीकी तेन्जिङ कुसाङले १० स्कोर जोडिन् । रिब्सले द चाँदबाग स्कुललाई २७–१९ ले हरायो । रिब्सकी सुप्रिया मल्लले १२ स्कोर गरिन् ।
काठमाडौँ — चेल्सी वर्ल्ड स्कुल र डिफेन्डिङ च्याम्पियन रिब्स पााचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ फाइनल पुगेका छन् ।
चेल्सीले आयोजक केएमसीलाई २९–११ स्कोरले पराजित गर्यो । चेल्सीकी तेन्जिङ कुसाङले १० स्कोर जोडिन् । रिब्सले द चाँदबाग स्कुललाई २७–१९ ले हरायो । रिब्सकी सुप्रिया मल्लले १२ स्कोर गरिन् ।
सिनियर ब्वाइजमा गोल्डेनपिक र बालदीक्षा सदनले उपाधि भिडन्त पक्का गरे । गोल्डेनपिकले मार्वलसलाई ६८–५८ ले हरायो । गोल्डेनपिकका विजयी तामाङले १८ स्कोर जोडे । बालदीक्षाले काठमाडौं जेभियर्स पब्लिकलाई ५३–२७ ले हरायो । बालदीक्षाका सयल महर्जनले २८ स्कोर गरे ।
जुनियर ब्वाइजमा ग्रिनफिल्ड र इडेन ब्रिज एकेडेमी (ईबीए) फाइनलमा पुगे । ग्रिनफिल्डले ग्रिन लन्समाथि २२–१२ को जित दर्ता गर्यो । ग्रिनफिल्डका अजय मगरले १२ स्कोर गरे । गोल्डेनपिकविरुद्ध ईबीए २७–२२ ले विजयी भयो । ईबीएका दिग्विजय पुरीले ११ स्कोर जोडे । फाइनल शनिबार हुनेछ ।