प्रतियोगिता विजेताले २ लाख ४२ हजार रुपैयाँ नगद र उपविजेताले १ लाख २१ हजार हात पार्नेछ।
संखुवासभा — संखुवासभाको प्रतिष्ठित फुटबल प्रतियोगिता ४७ औं संस्करणको हाङथुम कप यही माघ ५ गतेदेखि सुरु हुने भएको छ।
हाङथुम क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमको सहभागिता रहनेछ।
सहभागी टिमहरूमा ताप्लेजुङको इन्द्रेणी, कोशी प्रदेश प्रहरी, डिवाइसी धनकुटा, लिखुभुजी ताप्लेजुङ, इन्द्रेणी क्लब सुनसरी, म्याङलुङ स्पोर्टिङ तेह्रथुम, भारतको दुधे फुटबल क्लब दार्जिलिङ तथा आयोजक हाङथुम क्लब रहेका छन्।
प्रतियोगिता विजेताले २ लाख ४२ हजार रुपैयाँ नगद र उपविजेताले १ लाख २१ हजार हात पार्नेछ। फाइनल खेल माघ १० गते हुने आयोजकले जनाएको छ।
स्थानीय प्रतिभालाई उजागर गर्दै प्रतिस्पर्धात्मक फुटबलको विकासमा योगदान पुर्याउँदै आएको हाङथुम कप यस वर्ष पनि दर्शकका लागि रोचक बन्ने विश्वास लिइएको हाङथुम क्लबका अध्यक्ष असिम जिमीले बताए । प्रतियोगिताका सबै खेल मादी नगरपालिका ३ मूलखर्कमा हुनेछन्।
