प्रतियोगिताको विजेता टिमले ३ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले १ लाख ५१ हजार नगद र सेमिफाइनलिस्ट दुई टिमले ५०–५० हजार नगद पाउने छन् ।
What you should know
खोटाङ — प्रभुराम राई आमन्त्रित पुरुष फुलबल प्रतियोगिताको ट्रफी अनावरण तथा खेल तालिका सार्वजनिक गरिएको छ । आगामी माघ ७ गतेदेखि बुइपास्थित यलम्बर रङ्गशालामा हुने खेलको ट्रफी अनावरण र खेल तालिका बुधबार सार्वजनिक गरिएको हो ।
ट्रफी अनावरण मुख्य प्रायोजक प्रभुराम राई तथा उनका छोराहरू दिनेश राई र पाण्डप राईले गरेका हुन् । जिल्ला फुटबल संघ खोटाङका कोषाध्यक्ष रोसन राईका अनुसार प्रतियोगिताको उद्घाटन खेल आयोजक बुइपा ११ स्पोर्ट्स क्लब र ऐंसेलुखर्क गाउँपालिकाबीच हुनेछ ।
प्रतियोगितामा आमन्त्रण गरिएका १० टिमध्ये मानेभन्ज्याङ फुटबल क्लब, सिर्जना युवा क्लब, नेर्पा स्पोटर््स क्लब, रणभीम गण मुढे ब्यारेक, गछिया युवा क्लब र केपिलासगढी गाउँपालिकाले बाइ पाएपछि सिधै क्वार्टर फाइनलमा भिडन्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले ३ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले १ लाख ५१ हजार नगद र सेमिफाइनलिस्ट दुई टिमले ५०–५० हजार नगद पाउने छन् ।
विधागत पुरस्कार अन्तर्गत बेस्ट कोच, बेस्ट गोलकिपर, बेस्ट मिड फिल्डर, बेस्ट डिफेन्डर, बेस्ट स्ट्राइकरले जनही १५ हजार नगद तथा म्यान अफ द म्याचले २ हजार ५ सय पाउने राईले बताए । उक्त खेलको उद्घाटन एन्फा महासचिव किरण राईले गर्ने छन् ।
खेल तालिका सार्वजनिक कार्यक्रममा प्रभुरामका कान्छा छोरा पाण्डप राईले धरानमा भएको प्रदेश लिकमा सेकेण्ड रनर अप स्थान प्राप्त गर्दा उत्कृष्ट खेल प्रदर्शन गरेकामा बुइपा ११ का डिफेन्डर रामसुर राई र गोलकिपर नवीन पोखरेललाई सम्मान सहित जनही ५ हजार प्रदान गरेका थिए ।
