टानगियर्समा भएको सेमिफाइनलमा मानेले ७८ औं मिनेटमा एक मात्र गोल गरे ।
काठमाडौँ — साडियो मानेले गरेको निर्णायक गोलको मदतले सेनेगेलले इजिप्टलाई बुधबार १–० ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको फाइनल यात्रा तय गरेको छ । टानगियर्समा भएको सेमिफाइनलमा मानेले ७८ औं मिनेटमा एक मात्र गोल गरे ।
खेलमाथि सेनेगलको पूर्ण प्रभुत्व रहेको थियो र यससँगै अब आइतबार हुने उपाधिको भिडन्तमा उसले आयोजक मोरक्को अथवा नाइजेरियामध्ये एकको सामना गर्नेछ । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।
सन् २०२२ को अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगलले इजिप्टलाई नै हराएको थियो । पछिल्लो समय इजिप्टमाथि सेनेगल हाबी रहने गरेको छ ।
