मार्वलस र बालदीक्षा बास्केटबल सेमिफाइनलमा

मार्वलसले आयोजक केएमसी ‘बी’ लाई ५१–३५ स्कोरले पराजित गर्‍यो । मार्वलसको जितमा सिनेप शाहीले १६ स्कोर गरे । अर्नव महर्जनको १३ स्कोरमा बालदीक्षाले सेवा सदनलाई ३८–२८ ले हरायो ।

माघ १, २०८२

कान्तिपुर संवाददाता

Marvelous and Baladiksha advance to basketball semifinals

काठमाडौँ — मार्वलस र बालदीक्षा सदन पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सेमिफाइनल पुगेका छन् ।

मार्वलसले आयोजक केएमसी ‘बी’ लाई ५१–३५ स्कोरले पराजित गर्‍यो । मार्वलसको जितमा सिनेप शाहीले १६ स्कोर गरे । अर्नव महर्जनको १३ स्कोरमा बालदीक्षाले सेवा सदनलाई ३८–२८ ले हरायो ।

सिनियर ब्वाइजमै गोल्डेनपिकले माइलस्टोनलाई ४८–३७ स्कोरले हरायो । गोल्डेनपिकका विजय तामाङले १९ स्कोर गरे । सेमिफाइनलमा गोल्डेनपिकको भेट मार्वलससँग हुनेछ । बालदीक्षाको प्रतिद्वन्द्वी टुंगो लाग्न बाँकी छ । शुक्रबार भीएस निकेतन र काठमाडौं जेभियर्स पब्लिकबीच हुने सिनियर ब्वाइजको अन्तिम क्वाटरफाइनलको विजेताले बालदीक्षाको सामना गर्नेछ ।

जुनियर ब्वाइजमा ग्रिनफिल्डले सनसाइनलाई १९–१५, गोल्डेनपिकले मानाङ्क चिल्ड्रेनलाई २२–१६, ग्रिन लन्सले हिमालीलाई १३–८ र इडेन ब्रिज एकेडेमी (ईबीए) ले गोल्डेन फ्लावरलाई ३२–१९ स्कोरले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरे । ग्रिनफिल्डका किस्मत ढकालले १२, गोल्डेनपिकका सुजल तामाङले ८, ग्रिन लन्सका विजय मगरले ४ र ईबीएका प्रसिक श्रेष्ठले १४ स्कोर गरे ।

सेमिफाइनलमा ग्रिन लन्सले ग्रिनफिल्ड र ईबीएले गोल्डेनपिकविरुद्ध खेल्नेछ । सिनियर गर्ल्सको सेमिफाइनल समीकरण यसअघि नै पूरा भइसकेको छ । सेमिफाइनल केएमसी र चेल्सी वर्ल्ड तथा द चाँदबाग स्कुल र डिफेन्डिङ च्याम्पियन रिब्सबीच हुनेछ । 

कान्तिपुर

Link copied successfully