इन्टरको २० खेलबाट ४६ अंक भएको छ । उसको पछाडि एसी मिलान ४० अंकमा छ ।
काठमाडौँ — इन्टर मिलानले इटालीको सिरी ए मा बुधबार लेचेलाई १–० ले हराएको छ र यससँगै शीर्षमा आफ्नो अग्रतालाई छ अंक पुर्याएको छ । इन्टरको २० खेलबाट ४६ अंक भएको छ । उसको पछाडि एसी मिलान ४० अंकमा छ ।
सानसिरोमा भएको खेलमा एक मात्र गोल पिओ इस्पोसिटोले ७८ औं मिनेटमा गरे । त्यस अगाडिको खेलमा नेपोली र पार्माले गोलरहित बराबरी खेलेका थिए र यो नतिजाले पनि इन्टरलाई फाइदा पुगेको हो ।
नेपोलीको पनि २० खेलबाट ४० अंक छ । इन्टर लिगका पछिल्ला आठ खेलमध्ये सातमा विजयी रहेको छ । इन्टरको बराबरमिा टुंगेको खेल नेपोलीविरुद्ध नै रहेको थियो ।
