सातदोबाटो र संकटाबीच गोलरहित बराबरी

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टिमले केही अवसर बनाए पनि त्यो निर्णायक हुन सकेन ।

माघ १, २०८२

कान्तिपुर संवाददाता

Goalless draw between Satdobato and Sankata

काठमाडौँ — सातदोबाटो र संकटाले राष्ट्रिय लिग २०८२ को बिहीबार भएको खेलमा गोलरहित बराबरी खेलेका छन् । यससँगै दुवै टिमले एक–एक अंकमा चित्त बुझाएका छन् ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टिमले केही अवसर बनाए पनि त्यो निर्णायक हुन सकेन । यस्तोमा दुवै टिमका लागि बराबरीमा चित्त बुझाउनु बाहेक अर्को विकल्प रहेन ।

बिहीबारकै अर्को खेलमा लाली गुराँस र जावलाखेल भिड्दै छन् । सुरुआती तीन खेलपछि फ्रेन्ड्स तीन अंकका साथ शीर्ष स्थानमा छ । त्यसपछि एक–एक अंकसहित सातदोबाटो, संकटा, श्री भगवती र चर्च ब्वाइज रहेका छन् ।

कान्तिपुर

Link copied successfully