चेल्सीमाथि आर्सनलको अग्रता

स्टायनफोर्ड ब्रिजमा भएको खेलमा आर्सनलका लागि बेन ह्वाइट, भिक्टर ग्योकेरेस र मार्टिन जुबिमेन्डीले गोल गरे । चेल्सीका दुवै गोल भने एलेजान्ड्रो गारान्चोको नाममा रह्यो ।

माघ १, २०८२

कान्तिपुर संवाददाता

Arsenal lead over Chelsea

काठमाडौँ — आर्सनलले लिगकपको पहिलो लेगको सेमिफाइनलमा बुधबार चेल्सीलाई ३–२ ले हराएको छ र यो जित हात पार्दै फाइनल प्रवेशको नजिक पुगेको छ ।

स्टायनफोर्ड ब्रिजमा भएको खेलमा आर्सनलका लागि बेन ह्वाइट, भिक्टर ग्योकेरेस र मार्टिन जुबिमेन्डीले गोल गरे । चेल्सीका दुवै गोल भने एलेजान्ड्रो गारान्चोको नाममा रह्यो ।

दोस्रो लेगको सेमिफाइनल फेब्रवरी ३ मा इमिरेट्समा हुनेछ र आर्सनल नै फाइनल प्रवेशका लागि बलियो देखिएको छ । अर्को सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई न्युकासल युनाइटेडमाथि अग्रता प्राप्त रहेको छ ।

आर्सनल आफ्ना पछिल्ला दस खेलमा अपराजित छ र सन् २०१० यता पहिलो उपाधि जित्ने अभियानमा रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully