पोखरेली टिमका लागि राज भुषालले दोस्रो मिनेटमै हेडबाट निर्णायक गोल गरेपछि लालीगुराँसले तीन अंक बटुल्न सफल भयो भने जावलाखेल शून्य अंकमै रोकियो।
काठमाडौँ — एन्फा प्रेसिडेन्ट्सकप च्याम्पियन लालीगुराँसले बिहीबार राष्ट्रिय लिग २०८२ मा शानदार सुरुआत लिएको छ । उसले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेललाई १–० ले हरायो ।
पोखरेली टिमका लागि राज भुषालले खेलको दोस्रो मिनेटमा हेडबाट गोल गरेका थिए र यो नै अन्ततः निर्णायक सावित भयो । यस जितपछि लाली गुराँस तीन अंक बटुल्न पनि सफल रह्यो ।
जावलाखेल भने शून्य अंकमै रह्यो । दिनको पहिलो खेलमा सातदोबाटो र संकटाले गोलरहित बराबरी खेलेका थिए । अब शुक्रबार दशरथ रंगशालामा हुने खेलमा मछिन्द्र र एनआरटी भिड्ने छन् ।
