सहिद स्मारक लिग ए डिभिजन विजेता चर्च ब्वाइज विजयी सुरुआत लिन असफल रह्यो ।
काठमाडौँ — टोखाले राष्ट्रिय लिगमा बुधबार चर्च ब्वाइजलाई १–१ को बराबरीमा रोकेको छ ।
सहिद स्मारक लिग ए डिभिजन विजेता चर्च ब्वाइज विजयी सुरुआत लिन असफल रह्यो । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा टोखाले ४५ औं मिनेटमा हरिहर बुढामगरको गोलले अग्रता लिएको थियो । दोस्रो हाफको ५६ औं मिनेटमा एरिक विष्टले चर्च ब्वाइजका लागि बराबरी गोल फर्काए ।
खेलमाथि चर्च ब्वाइजले प्रभुत्व जमाए पनि थप गोल निकाल्न सकेन । चर्चाका दुई प्रहार पोस्टमा ठोकिएपछि अभाग्यशाली सावित भयो । यसअघि प्रतियोगिताको पहिलो उद्घाटन खेलमा फ्रेन्ड्सले काँक्रे विहारलाई ३–१ ले हराएको थियो ।
