टेढा टाइगर र अठराहा वारियर्स विजयी

पहिलो खेलमा टेढा टाइगरले ताम्बश्री नेपालमाथि ५ विकेटको विजय हासिल गर्‍यो भने दोस्रो खेलमा अठराहा स्ट्राइकर्सले सुधीर वारियर्सलाई ३ विकेटले पराजित गर्‍यो ।

पुस २९, २०८२

शंकर आचार्य

Tedha Tigers and Atharaha Warriors win

What you should know

पर्सा — वीरगन्जको हरपतगन्जमा संचालित गढीमाई प्रिमियर लिग टी/२० क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएका दुई खेलमा टेढा टाइगर र अठराहा वारियर्स विजयी भएका छन् ।

पहिलो खेलमा टेढा टाइगरले ताम्बश्री नेपालमाथि ५ विकेटको विजय हासिल गरेको छ । निर्धारित १६ ओभरको खेलमा टस जितेर ताम्बश्रीले पहिले व्याटिङ गर्‍यो । १४ ओभर २ बल अलआउट हुँदै ९९ रनको योगफल तयार गर्‍यो । उसका बाल्मीकि पटेलले सर्वाधिक ३० र विशाल रायले १४ रनको योगदान गरे ।

टेढा वारियर्सका लोकेश पटेलले चार र अलिराजले तीन विकेट लिएका थिए ।

जवाफमा टेढा वारियर्सले १४ ओभर १ बलमा ५ विकेटको क्षतिमा विजयी लक्ष्य भेट्टायो  । उसका लागि अलिराजले सर्वाधिक ३५ र सागर पटेलले २५ रनको योगदान गरे ।

ताम्बश्री नेपालका बलहरू महम्मद सरिफले दुई, बाल्मीकि पटेल र विशाल रायले १/१  विकेट लिएका थिए । टेढा वारियर्सका अलिराज ‘म्यान अफ द  म्याच’ घोषित भए ।

दोस्रो खेलमा अठराहा स्ट्राइकर्सले सुधीर वारियर्सलाई ३ विकेटले पराजित गर्‍यो । टस जितेर पहिले व्याटिङ गरेको सुधीर वारियर्सले १५ ओभरमा अल आउट हुँदै १ सय ९ रनको बनायो । उसका निपु पटेलले सर्वाधिक ६० र अमलेश साहले १३ रन जोडे  ।

अठराहा स्ट्राइकर्सका बलरहरु श्रीराम साहले सर्वाधिक चार र अशोक यादवले दुई विकेट हात पारे । जवाफमा अठराहा स्ट्राइकर्सले १५ ओभर २ बलमा ७ विकेट क्षतिमा विजयी लक्ष्य भेट्टायो । उसका लागि अशोक यादवले २३ र सचिन उपाध्यायले २१ रनको योगदान गरे ।

सुधीर वारियर्सका बलरहरु सन्देशले पटेलले तीन र निपु पटेलले दुई विकेट लिए । अशोक यादव ‘म्यान अफ द म्याच’ भए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully