यो नतिजापछि युभेन्ट्सको २० खेलबाट ३९ अंक भएको छ ।
काठमाडौँ — युभेन्ट्सले इटालीको सिरी ए मा सोमबार क्रेमोन्सेमाथि शानदार ५–० को जित निकाल्दै तेस्रो स्थानमा उक्लेको छ ।
यो नतिजापछि युभेन्ट्सको २० खेलबाट ३९ अंक भएको छ । यो शीर्षमा रहेको इन्टर मिलानसँग चार अंकको मात्र दूरी हो ।
यो सिजन खराव सुरुआत लिएको युभेन्ट्स पछिल्लो पटक लयमा छ र अब उपाधिको होडमा पनि सामेल भएको छ । क्रेमोन्से भने २२ अंकमा १३ स्थानमा रह्यो ।
युभेन्ट्सका लागि ग्लेसन ब्रेमेर, जोनाथन डेविड, केनन यिल्डिज, वेस्टन म्याककेनीले गोल गरे । अर्को एक गोल आत्मघाती रह्यो ।
